झापा । बिर्तामोड साना शहरी खानेपानीको निर्वाचनमा लोकतान्त्रीक समूहतर्फबाट अध्यक्षका उम्मेद्वार जलकुमार गुरुङ ८ सय ५० मतको अग्रता राख्दै विजयी भएका छन् ।
गुरुङले १ हजार ७ सय ४ मत प्राप्त गर्दा संयुक्त प्रगतीशिल प्यानलर्तफका अध्यक्षका उम्मेद्वार ज्ञानुराम प्रसाईले ९ सय २० मत प्राप्त गरेका छन् । यस्तै लोकतान्त्रीक समूहको उपाध्यक्षमा पर्शुराम सिटौलाले १ हजार ६ सय ३७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी वुद्धी प्रसाद घिमिरेले ९ सय १८ मत प्राप्त गरेका छन् । लोकतान्त्रीक समूहका सचिवका उम्मेदवार मेघराज बास्तोलाले १ हजार ७ सय ३८ मत प्राप्त गर्दा संयुक्त प्रगतीशिल प्यानलका जन बहादुर जवेगुले ८ सय ३८ मत प्राप्त गरेका छन् भने कोषाध्यक्ष तर्फ लोकतान्त्रीक समूहका उम्मेद्वार सारदा रीजालले १ हजार ५ सय १० मत प्राप्त गर्दा संयुक्त प्रगतिशिल प्यानलका कमल प्रसाद पौडेलले १ हजार सय ४७ मत प्राप्त गरेका छन् ।
खुल्ला सदस्यतर्फ लोकतान्त्रीक समूहका देवेन्द्र सिटौलाले १ हजार ६ सय ६७ मत र पारसमणी मैनालीले १ हजार ५ सय ९४ मत ल्याउँदा संयुक्त प्रगतीशिल प्यानलका शंकरराज ढुङ्गेले ८ सय ९० मत र श्रिप्रसाद सिटौलाले ८ सय ९३ मत प्राप्त गरेका छन् । त्यस्तै महिला सदस्य तर्फ लोकतान्त्रीक समूहतर्फबाट माया प्रधान खड्गीले १ हजार ३ सय ४४ मत, सितादवी काफ्लेले १ हजार ३ सय १४ मत र बालादेबी खरेलले १ हजार ६ सय २० मत ल्याउँदा संयुक्त प्रगतीशिल तर्फका सिता सापकोटा पौडेलले १ हजार ५ सय ७९ मत, सिता देवी सापकोटा ९ सय ५०,बिनिता कुमारी राजवंशीले ९ सय २२ मत र हिमादेबी प्रसाईले ९ सय ५२ मत प्राप्त गरेका छन् ।