बिर्तामोड खानेपानी निर्वाचनः ६ सय २४ मतले गुरुङको अग्रता कायमै


२६ मंसिर २०७६, बिहीबार २०:३६ मा प्रकाशित

झापा । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफई उपभोक्ता संस्थाको आज भइरहेको मतगणनामा लोकतान्त्रीक समूहतर्फबाट अध्यक्षका उम्मेद्वार जल कुमार गुरुङले अग्रता कायमै राख्नुभएको छ ।

अहिले सम्मको मत परिणाम अनुसार गुरुङले १ हजार ३ सय ९० मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी संयुक्त प्रगतीशिल प्यानलर्तफबाट अध्यक्षका उम्मेद्वार ज्ञानुराम प्रसाईले ७ सय ६६ मत प्राप्त गनुभएको छ । यस्तै लोकतान्त्रीक समूहको उपाध्यक्षमा पर्शुराम सिटौलाले १ हजार ३ सय ४५ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी वुद्धी प्रसाद घिमिरेले ७ सय ५५ मत प्राप्त गनुभएको छ ।

लोकतान्त्रीक समूहका सचिवका उम्मेदवार मेघराज बास्तोलाले १ हजार ४ सय २४ मत प्राप्त गर्दा संयुक्त प्रगतीशिल प्यानलका जन बहादुर जवेगुले ६ सय ९३ मत प्राप्त गनुभएको छ । भने कोषाध्यक्ष तर्फ लोकतान्त्रीक समूहका उम्मेद्वार सारदा रीजालले १ हजार २ सय २४ मत प्राप्त गर्दा संयुक्त प्रगतिशिल प्यानलका कमल प्रसाद पौडेलले८ सय ६२ मत प्राप्त गनुभएको छ ।

खुल्ला सदस्यतर्फ लोकतान्त्रीक समूहका देवेन्द्र सिटौलाले १ हजार ३ सय ७२ मत र पारसमणी मैनालीले १ हजार ३ सय १४ मत ल्याउँदा संयुक्त प्रगतीशिल प्यानलका शंकरराज ढुङ्गेले ७ सय ३० मत र श्रिप्रसाद सिटौलाले ७ सय ३८ मत प्राप्त गनुभएको छ ।

त्यस्तै महिला सदस्य तर्फ लोकतान्त्रीक समूहतर्फबाट माया प्रधान खड्गीले १ हजार ३ सय ४४ मत, सितादवी काफ्लेले १ हजार ३ सय १४ मत र बालादेबी खरेलले १ हजार ३ सय १८ मत ल्याउँदा संयुक्त प्रगतीशिल तर्फका सिता सापकोटा पौडेलले ७ सय ७० मत, बिनिता कुमारी राजवंशीले ७ सय ६३ मत र हिमादेबी प्रसाईले ७ सय ७६ मत प्राप्त गनुभएको छ ।

हाल सम्म जम्मा २ हजार ३ सय ९ मत गणना हुँदा १ सय ९ मत बदर भएको छ । बेलुकि ९ बजेसम्म सबै मतपरिणाम सार्वजानि गरिसक्ने तयारी रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here