झापा । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफई उपभोक्ता संस्थाको आज भइरहेको मतगणनामा लोकतान्त्रीक समूहतर्फबाट अध्यक्षका उम्मेद्वार जल कुमार गुरुङले अग्रता कायमै राख्नुभएको छ ।
अहिले सम्मको मत परिणाम अनुसार गुरुङले १ हजार १ सय २७ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी संयुक्त प्रगतीशिल प्यानलर्तफबाट अध्यक्षका उम्मेद्वार ज्ञानुराम प्रसाईले ६ सय २९ मत प्राप्त गनुभएको छ । यस्तै लोकतान्त्रीक समूहको उपाध्यक्षमा पर्शुराम सिटौलाले १ हजार ९९ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी वुद्धी प्रसाद घिमिरेले ६ सय १४ मत प्राप्त गनुभएको छ ।
लोकतान्त्रीक समूहका सचिवका उम्मेदवार मेघराज बास्तोलाले १ हजार १ सय ६२ मत प्राप्त गर्दा संयुक्त प्रगतीशिल प्यानलका जन बहादुर जवेगुले ५ सय ६२मत प्राप्त गनुभएको छ । भने कोषाध्यक्ष तर्फ लोकतान्त्रीक समूहका उम्मेद्वार सारदा रीजालले १ हजार मत प्राप्त गर्दा संयुक्त प्रगतिशिल प्यानलका कमल प्रसाद पौडेलले ७ सय १२ मत प्राप्त गनुभएको छ ।
खुल्ला सदस्यतर्फ लोकतान्त्रीक समूहका देवेन्द्र सिटौलाले १ सय ५ मत र पारसमणी मैनालीले १ हजार ७१ मत ल्याउँदा संयुक्त प्रगतीशिल प्यानलका शंकरराज ढुङ्गेले ६ सय मत र श्रिप्रसाद सिटौलाले ६ सय ५ मत प्राप्त गनुभएको छ ।त्यस्तै महिला सदस्य तर्फ लोकतान्त्रीक समूहतर्फबाट माया प्रधान खड्गीले १ हजार ८९ मत, सितादवी काफ्लेले १ हजार ६० मत र बालादेबी खरेलले १ हजार ७० मत ल्याउँदा संयुक्त प्रगतीशिल तर्फका सिता सापकोटा पौडेलले ६ सय २६ मत, बिनिता कुमारी राजवंशीले ६ सय १५ मत र हिमादेबी प्रसाईले ६ सय ४० मत प्राप्त गनुभएको छ ।
हाल सम्म जम्मा १ हजार ८ सय ८८ मत गणना हुँदा ९७ मत बदर भएको छ । बेलुकि ९ बजेसम्म सबै मतपरिणाम सार्वजानि गरिसक्ने तयारी रहेको निर्वाचन समितिले बताएको छ ।