बिर्तामोड खानेपानी चुनावः लोकतान्त्रीक समूहतर्फका अध्यक्ष जल कुमार गुरुङको अग्रता


२६ मंसिर २०७६, बिहीबार १६:१६ मा प्रकाशित

झापा । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफई उपभोक्ता संस्थाको आज भइरहेको मतगणनामा लोकतान्त्रीक समूहतर्फबाट अध्यक्षका उम्मेद्वार जल कुमार गुरुङले अग्रता लिएका छन् ।

अहिले सम्मको मत परिणाम अनुसार गुरुङले ४ सय ७३ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी संयुक्त प्रगतीशिल प्यानलर्तफबाट अध्यक्षका उम्मेद्वार ज्ञानुराम प्रसाईले २ सय ६९ मत प्राप्त गरेका छन् । यस्तै लोकतान्त्रीक समूहको उपाध्यक्षमा पर्शुराम सिटौलाले ४ सय ५० मत ल्याउदा उनका प्रतिस्पर्धी वुद्धी प्रसाद घिमिरेले २ सय ६९ मत प्राप्त गरेका छन् ।

लोकतान्त्रीक समूहका सचिवका उम्मेदवार मेघराज बास्तोलाले ४ सय ९० मत प्राप्त गर्दा संयुक्त प्रगतीशिल प्यानलका जन बहादुर जवेगुले २ सय ३९ मत प्राप्त गरेका छन् । कोषाध्यक्ष तर्फ लोकतान्त्रीक समूहका उम्मेद्वार सारदा रीजालले ४ सय १४ मत प्राप्त गर्दा संयुक्त प्रगतिशिल प्यानलका कमल प्रसाद पौडेलले ३ सय ८ मत प्राप्त गरेका छन् ।

खुल्ला सदस्यतर्फ लोकतान्त्रीक समूहका देवेन्द्र सिटौलाले ४ सय ५७ मत र पारसमणी मैनालीले ४ सय ४७ मत ल्याउँदा संयुक्त प्रगतीशिल प्यानलका शंकरराज ढुङ्गेले २ सय ६५ मत र श्रिप्रसाद सिटौलाले २ सय ५९ मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला सदस्य तर्फ लोकतान्त्रीक समूहतर्फबाट माया प्रधान खड्गीले ४ सय ४७ मत, सितादवी काफ्लेले ४ सय ३९ मत र बालादेबी खरेलले ४ सय ३५ मत ल्याउँदा संयुक्त प्रगतीशिल तर्फका सिता सापकोटा पौडेलले २ सय ७८ मत, बिनिता कुमारी राजवंशीले २ सय ५८ मत र हिमादेबी प्रसाईले २ सय ८४ मत प्राप्त गरेका छन् ।

हाल सम्म जम्मा ६ वटा बुथमध्ये २ ओटा बुथको मत गणना सकिएको छ । जसमा जम्मा ७ सय ९९ मत गणना गरिएकोमा २८ मत बदर भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here