अमेरिकी आर्थिक सहायता कटौतीको अमेरिकी सरकारको निर्णयको व्यापक विरोध


२१ मंसिर २०७६, शनिबार १८:३० मा प्रकाशित

अमेरिका । मध्य अमेरिकी देशमा अमेरिकी आर्थिक सहायता कटौतीको अमेरिकी सरकारको निर्णयको व्यापक विरोध भएको छ ।

अमेरिकी सिनेटरले अमेरिकी सरकारको यो निर्णयको विरोध गर्दै यसले ती देशमा अमेरिकाको बदनाम मात्र भएका बताएका हुन् । यस्तो निर्णयको विरोधमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको आलोचना भएको हो । ती सिनेटरले विदेशमन्त्री पोम्पओको चर्को विरोध गरेका छन् । कटौती गरिएको सहायतामध्ये कतिपय त महिला तथा बालबालिकालाई आवश्यक पर्ने सहायता पनि रहेकोमा त्यस्तो अत्यावश्यकीय सहायताको कटौती गरेर मध्य अमेरिकी देशका अतिरिक्त बाहिरी विश्वमा पनि यसको विरोध भएको पाइएको उनीहरूको तर्क छ । अमेरिकी सरकारले हालैमात्र एलसाल्भाडोर, ग्वाटेमाला, होन्डुरसमा आफ्नो सहायता कटौतीको निर्णय गरेको थियो ।

उक्त निर्णयको अमेरिकाभित्र पनि विरोध भइरहेका बेला त्यहाँका सिनेटरले अमेरिकाका विदेश मन्त्रीको व्यापक मात्रामा आलोचना गरेका हुन् । सिनेटको वैदेशिक मामिलासम्बन्धी समितिमा डेमोक्र्याटिक दलका सिनेटरले ट्रम्प प्रशासनको यो पछिल्लो निर्णयले अमेरिकी देशप्रति अमेरिकाको नीतिको खिल्ली उडाएको बताएका थिए । उनीहरूले अमेरिकी ट्रम्प प्रशासनको यो निर्णय अमेरिकाकै लागि पनि प्रत्युत्पादक हुने धारणासमेत राखे । उनीहरूले भनेको थिए– यस्तो निर्णयले बाह्य विश्वमा अमेरिकाको इज्जत बढ्दैन बरु बेइज्जत हुन्छ, त्यसैले यस निर्णयमा अमेरिकी सरकारले पुनर्विचार नै गर्नुपर्छ ।

महिला र बालबालिकाका लागि आवश्यक रहेको यस्ता आधारभूत आवश्यकताका वस्तुहरूकै सहायताको कटौतीले हामीलाई निकै निराश तुल्याएको छ, उक्त समितिमा बोल्दै सिनेटरले उक्त धारणा राखेका थिए । यस विषयमा अमेरिकी ट्रम्प प्रशासनले गएको अक्टोबर महिनामा नै आफ्नो धारणा राखेको थियो । ट्रम्प प्रशासनले मध्य तथा ल्याटिन अमेरिकी देशप्रतिको धारणा राम्रो राखेको छैन । ती देशप्रति राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरुदेखि नै विरोध गर्दै आएका थिए । सोही नीतिबमोजिम नै हालैमात्र ट्रम्प प्रशासनले ती देशमा विगत लामो समयदेखि प्रदान गर्दै आएको सहायतामा भारी मात्रामा कटौती गरेको घोषणा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here