डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढ्यो


१७ मंसिर २०७६, मंगलवार १२:२५ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ ।

आयाल निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार सोमबार राति १२ बजेदेखि कार्यान्वयन हुने गरी २/२ रुपैयाँ मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

मूल्य बढेसँगै अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ । निगमले स्वचालित मूल्य प्रणाली अनुसार समायोजन गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here