बाग्लुङ । बाग्लुङको बडिगाडमा गाडी दुर्घट्ना हुँदा १४ जनाको मृत्यु भएको छ ।
गुल्मीको तम्घासबाट बाग्लुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिएका छन् । खड्काका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । जीप मध्यपहाडी लोकमार्गबाट बडिगाड खोलामा खसेको छ ।
दुर्घटनामा गुल्मीका नौं महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको पहिचान भने खुल्न सकेको छैन । तीन जना गम्भीर घाइतेलाई उद्धार गरी उपचारको लागि बुर्तिवाङ पठाईएको छ ।





