काठमाडौं । पत्रकार हत्याको विरोधमा राजनीतिक संकट चुलिँदै गएपछि माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री जोसेफले पत्रकार कारुआना गालिजियाको हत्यापछि उत्पन्न राजनीतिक संकट समाधानकै लागि पदबाट आगामी महिना राजीनामा दिने घोषणा गरेका हुन् । उनले राष्ट्रपतिसमक्ष आगामी जनवरी १२ तारिखमा राजीनामा दिने औपचारिक जानकारी गराएको माचारमा जनाइको छ ।
सञ्चारकर्मीको हत्याको छानविन गर्न दवाब दिँदै विपक्षीहरुले घटनाको निष्पक्ष छानविनका लागि प्रधानमन्त्री जोसफको राजीनामा मागेका थिए । उनीहरुले घटनाको स्वतन्त्र छानविन गर्न प्रमाणहरु नष्ट हुने र प्रभावकारी रुपमा छानविन हुनेमा आशंका व्यक्त गर्दै प्रधानमन्त्रीले राजनीमा दिएर मार्ग प्रशस्त गर्नुपर्ने अडान राखेका थिए ।
माल्टाका सरकारी अधिकारीहरुको भ्रष्टाचारको अनुसन्धान गरिहेका बेला सन् २०१७ मा कारुआना गालिजिया कार बम बिवस्फोटमा परकी थिइन् ।





