आठ किलो अवैध सुनसहित दुई चिनियाँ नागरिक पक्राउ


१३ मंसिर २०७६, शुक्रबार ०८:३९ मा प्रकाशित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट आठ किलो अवैध सुनसहित दुई चिनि याँ नागरिक पक्राउ परेका छन्। हङकङबाट नेपाल एयरलायन्सको विमानमा नेपाल आएका उनीहरु शुक्रबार राति ११ः४० बजे विमानस्थल भन्सारमा नियमित जाँच गर्ने क्रममा समातिएका हुन्।

दुई जनाले चार/चार किलो सुन लिएर आएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत एवं प्रवक्ता राजकुमार अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार दुवैजनाले चेन लगाउन मिल्ने अण्डरवेयरमा चार,चार वटा सुनको बिस्कुट लुकाएर ल्याएका थिए।पक्राउ पर्नेमा चिनियाँ नागरिक चेन होङयाङ र चेन क्वीनहाङ रहेका छन्। उनीहरुले नेपालमा कसका लागि सुन ल्याउँदै थिए भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरुसँग आज दोभाषेको माध्यामबाट थप बयान लिइने प्रवक्ता अधिकारीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here