साग पुरुष भलिबल स् बंगलादेशसँग नेपाल पराजित


१२ मंसिर २०७६, बिहीबार १३:०५ मा प्रकाशित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष भलिबलको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

घरेलु मैदानमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित हुन पुग्यो । नेपालले पहिलो सेट २५–२१ ले जितेको थियो। तर, नेपालले दोस्रो सेट २५–२३ ले हार्न पुग्यो । तेस्रो सेट २५–१९ को जित निकाल्दै २–१ को अग्रता बनाएको थियो । तर, चौंथो सेटमा बंगलादेशले २६–२५ को जित निकालेपछि खेल २–२ सेटको स्थितिमा पुगेको थियो ।

त्यसपछि खेलको अन्तिम तथा निर्णायक सेटमा १५–१२ ले जित्दै बंगलादेशले नेपाललाई ३–२ को सेटमा स्तब्ध बनायो । नेपालले समूह चरणको अन्तिम खेल भारतसँग शुक्रबार खेल्नेछ । सेमिफाइनलमा पुग्न नेपाललाई भारतविरुद्धको खेल जित्नै पर्ने दबाब समेत थपिएको छ । महिला भलिबलमा भने नेपालले विजयी सुरुवात गरेको छ । नेपालले पहिलो खेलमा बंगलादेशलाई ३–० सोझो सेटमा हराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here