धनुषामा चोरीएका मोटरसाईकल सहित ७ जना पक्राउ


४ मंसिर २०७६, बुधबार १०:३२ मा प्रकाशित

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले चोरीएका ६ मोटरसाइकलसहित ७ जना चोरीमा संलग्न गिरोहलाई अलग अलग स्थानबाट नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा विभिन्न ठाउँबाट मोटरसाइकल बरामद गर्नुका साथै चोरहरुलाई नियन्त्रणमा लिइएको धनुषा प्रहरीले जनाएको छ । नियन्त्रणमा पर्नेहरुमा सबैला नगरपालिका–१ मुसहरी टोलका २५ वर्षीय काशिन्द्र सदा, शहीद नगरपालिका –२ का २० वर्षीय विजय यादव, विदेह नगरपालिका–२ बस्ने २० वर्षीय राजन यादव रहेका छन् । त्यस्तै, महोतरीको बर्दिबास–१३, भेडियाही बिजलपुराका २३ वर्षीय अरुण कुमार राउत, सोही स्थानका २२ वर्षीय सुनील कुमार चौधरी, १९ वर्षीय रामपुकार भण्डारी र महोत्तरीकै औरही नगरपालिका–३ का मनोजकुमार ठाकुर पनि नियन्त्रणमा रहेका छन् ।

नियन्त्रणमा परेकाहरुकै साथबाट ज ५ प ७१६३, ज ६ प ५४६०, बा ४७ प ९९४३, ज ९ प ९०८, ज ६ प ९७७५ र ज ७ प ९८८१ नम्बरको मोटरसाइकल बरामद गरिएको छ । नियन्त्रणमा रहेकाहरुमाथि अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here