अयोध्या फैसलाबारे भारतका सर्वोच्च अदालतका पूर्व न्यायाधीश गांगुलीले गरे शंका


२४ कार्तिक २०७६, आईतवार १३:०२ मा प्रकाशित

काठमाडौं । भारतको सर्वोच्च अदालतका सेवा निवृत्त न्यायाधीश अशोककुमार गांगुलीले अयोध्या मुद्दामा सर्वोच्चको फैसलाप्रति शंका व्यक्त गरेका छन् ।

भारतको सर्वोच्च अदालतले शनिबार विवादास्पद जमिन हिन्दू पक्षको रहेको र त्यहाँ राम मन्दिर बन्ने फैसलाप्रति गांगुलीले शंका गरेका हुन् । फैसलाले वर्षौँदेखि सो ठाउँमा मस्जिद देखेको र नमाज पढ्दै आएको एक मुस्लिममा पर्ने प्रभाव नकारात्मक हुन सक्नेमा उनको चिन्ता छ । संविधान अस्तित्वमा आउँदाको तथ्यलाई भुलेर सर्वोच्च अदालतले सदियौँ पुरानो र प्रमाण बिहीन कुरालाई मान्यता दिएको गांगुलीले बताएका छन् ।

संविधान अस्तित्वमा आउनु पूर्व के थियो भन्ने तय गर्ने जिम्मेवारी सर्वोच्च अदालतको नरहेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here