अनशनरत डा केसीको समर्थनमा माइतीघरमा प्रदर्शन


२३ कार्तिक २०७६, शनिबार १५:२७ मा प्रकाशित

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै डडेल्धुरामा १७ औँ अशनरत प्राडा गोविन्द केसीको समर्थनमा सोलारिटी फर डा केसी अरलाइन्सले माइतिघर मण्डललामा प्रदर्शन गरेको छ ।

चिकित्सा शिक्षा विधेयक संशोधनसहित सातवटा माग राख्दै अनशन बसेका डा केसीको समर्थनमा अरलाइन्सले १० अर्बको लुट नागरिकलाई छुट भन्ने नारासहित नागरिकहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले केसीले चिकित्सा शिक्षाको विद्यार्थीहरूबाट निजी मेडिकल कलेजले अवैधानिक रूपमा लिँदै आएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने लगायतका माग राखेका थिए । डा गोविन्द केसी ६ दिनदेखि ७ बुँदे माग राख्दै १७ औं अनशनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here