चितवन । चितवनको भरतपुर अस्पताल भित्रै एक युवकले झुण्डिएर आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लम्जुङ दुधपोखरी गाउँपालिका वर्डा नम्बर २ बस्ने अन्दाजी २२ वर्षीया विष्णु बहादुर सुनारले मेडिकल वार्डको भर्याङमा रुमालको पासो लगाई आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिए ।
डिएसपी पौडेलका अनुसार सुनारले भरतपुर अस्पतालमा श्रीमती डेलिभरीका लागि ल्याएका थिए । बच्चा पैदा भएपश्चात उनले अस्पतालमा झूण्डिएर आत्महत्या गरेको बताइएको छ । घट्नाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।





