भारतले बन्द गर्‍यो नेपालगञ्जस्थित जमुनाह नाका


२३ कार्तिक २०७६, शनिबार ११:५६ मा प्रकाशित

नेपालगञ्ज । भारतले नेपाली भूमि मिचेर नक्सा सार्वजनिक गरेपछि भारतविरोध प्रदर्शन चर्किरहेका बेला भारतले नेपालगञ्जस्थित जमुनाह नाका बन्द गरेको छ ।

इलाका प्रहरी कार्यालय जमुनाहको अनुसार भारतले शनिबार बिहानैदेखि नेपालगञ्ज नाका बन्द गरेको हो । शनिबार बिहानैदेखि भारतबाट नेपालतर्फ आउने पैदलयात्रीलाई प्रवेश दिइएको भएपनि कुनै सवारी साधन चल्न दिइएको छैन् । भारतीय पक्षको अनुसार शनिबार भारतको सर्वोच्च अदालतले राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउँदै छ त्यसैले ‘सुरक्षाको दृष्टिकोण’ ले एक्कासी नाका शिल गरिएको हो ।

अदालतले फैसला सुनाएपछि मात्रै नाका खोल्ने भारतीय पक्षले जानाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काका अनुसार भारतले नाका शिल गरेपछि मात्रै नेपाली अधिकारीलाई मौखिक जानकारी दिइएको छ तर औपचारिक जानकारी भने दिइएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here