झापा । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका प्राध्यापक हरि तिम्सिना निष्कासनको बिषयमा भएको विद्यार्थी आन्दोलनले उग्ररुप लिएको छ ।
कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका संचालक समिति अध्यक्ष प्रकाश चुडाललाई बिहिबार बिहान आन्दोलनरत विद्यार्थीले कालोमोसो लगाएका छन् । एक महिना देखि क्याम्पसमा जारी आन्दोलनले उग्र रुप लिएपछि विद्यार्थीले क्याम्पसका अध्यक्षलाई मोसो दलेका छन् । आज बिहान संचालक समितिको बैठकपछि अध्यक्ष चुडालमाथि विद्यार्थीले मोसो दलेका हुन । प्राध्यापकले तलब लगायतका माग राख्दा प्राध्यापक संघका अध्यक्ष समेत रहेका हरि तिम्सिनालाई जागिरबाट हटाइएपछी क्याम्पसमा बिबाद सुरु भएको थियो । बिद्यार्थीले तिम्सिनाको पुनरबाहलीको माग गर्दै चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका थिए ।
बुधबार बिहानको बैठकमा समेत क्याम्पस संचालक समितिले समाधन गर्न नसकेपछि विद्यार्थी आक्रोशित भएका थिए । सोही घटनाले क्याम्पसमा तनाव भइरहेको छ । अहिले क्याम्पसमा नेविसंघ र अखिल समर्थित विद्यार्थी बिच झडपको सम्भावना भएकोले बाक्लो प्रहरीको उपस्थिति रहेको छ । यता कनकाई क्याम्पसमा अखिलका विद्यार्थीहरुले लगाएको ताला भने प्रहरीले फोरेपनि एकसाता देखि क्याम्पसमा पठनपाठन ठप्प छ । निष्काशन गरेका प्राध्यापक संघका सभापतिलाई ससम्मान पुनर्वहाली गर्नुपर्ने माग राख्दै क्याम्पस संचालक समिति बिरुद्ध क्याम्पसका प्राध्यापक र विद्यार्थीले चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन् ।
यता क्याम्पस संचालक समितिका अध्यक्ष प्रकाश चुडालले भने प्राध्यापक संघका अध्यक्ष हरि तिम्सिनालाई क्याम्पसबाट निकालिएको नभएर करार अवधि नथपपिएको बताएका छन् । तिम्सिना १६ बर्षदेखि कनकाई क्याम्पसमा प्राध्यापन गराउँदै आएका थिए । यता क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रकाश चुडाललाई आक्रोशित विद्यार्थीहरुको समूहले कालो मोसो दलेको भन्दै क्याम्पसमा अध्ययनरत अखिलका ९ जना विद्यार्थीको नाममा इलाका प्रहरी कार्यालय विर्तामोडमा किटानी जाहेरी समेत परेको बताइएको छ ।





