पश्चिमी वायुको प्रभावले हल्का वर्षा र हिमपातको सम्भावना


२० कार्तिक २०७६, बुधबार ११:३० मा प्रकाशित

काठमाडौं । नेपालमा अझैपनि पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशभर आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशको पश्चिम क्षेत्र लगायत पहाडी भुभागमा आंशिक बदली छ भने अन्य भु-भागमा मौसम सामान्यतया सफा छ । देशको मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रही १-२ स्थानहरुमा हल्का वर्षा/हिमपातको संभावना रहेकोले सामान्य सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

महाशाखाको ३ दिने मौसमी पूर्वानुमान यस्तो छ :

कार्तिक २० गते (बुधबार)

दिउँसो: देशको पश्चिम भु-भाग लगायत मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंशिक बदलि रहने छ।

राति: देशको पश्चिम भु-भाग लगायत मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंशिक बदलि रहने छ। देशका पश्चिमी भूभागको १/२ स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

कार्तिक २१ गते (बिहिबार)

दिउँसो: देशको पश्चिम भु-भाग लगायत मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंशिक बदलि रहने छ। देशका पश्चिमी भूभागको १/२ स्थानहरुमा र साथै पूर्वी र मध्य पहाडि भु-भागमा १-२ स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

राति: देशको पश्चिम भु-भाग लगायत मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंशिक बदलि रहने छ। देशका पश्चिमी भूभागको १/२ स्थानहरुमा र साथै पूर्वी र मध्य पहाडि भु-भागमा १-२ स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

कार्तिक २२ गते (शुक्रबार)

दिउँसो: देशको पश्चिम भु-भाग लगायत मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंशिक बदलि रहने छ। देशका पश्चिमी भुभाग लगायत मध्य पहाडि भूभागको १/२ स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

राति: देशको पश्चिम भु-भाग लगायत मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंशिक बदलि रहने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here