काँग्रेस धनकुटा नगरका पूर्व सभापति श्रेष्ठको निधन


१७ कार्तिक २०७६, आईतवार ११:५८ मा प्रकाशित

धनकुटा । नेपाली काँग्रेस धनकुटा नगर कार्य समितिका पूर्व सभापति केदारलाल सिंह श्रेष्ठको गएराति निधन भएको छ ।

दुई वर्ष अघिदेखि मृगौलासम्बन्धि समस्याबाट ग्रसित श्रेष्ठको ८४ बर्षको उमेरमा गएराति १ बजे निधन भएको परिवार स्रोतले जनाएको छ । धनकुटाको भीमनारायण चोक घर भएका श्रेष्ठ काठमाडौँ बस्दै आएका थिए । काठमाडौँमै उनको निधन भएको काँग्रेस धनकुटाका सचिव बिजय सन्तोषी राईले जानकारी दिए । श्रेष्ठको पार्थिव शरिरमा नेताहरुले पार्टीको झण्डा ओढाएर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टीले जनाएको छ ।

करिब ४८ सालमा काँग्रेसको धनकुटा नगर सभापतिमा निर्वाचित भएका श्रेष्ठले चार वर्षे कार्यकाल सफलतापूर्वक पुरा गरेका थिए । इमानदार, कर्तव्य निष्ठ, साहसिक र कुसल संगठनकर्ता श्रेष्ठको निधनले काँग्रेस धनकुटालाई अपुरणीय क्षति पुगेको पार्टी सचिव राईले बताए । स्वर्गिय श्रेष्ठका श्रीमतिसहित दुई छोरा र तीन छोरी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here