प्रिमियर लिगः चेल्सी र सिटी विजयी


१० कार्तिक २०७६, आईतवार १५:०५ मा प्रकाशित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र चेल्सीले आ–आफ्नो खेलमा जित निकालेका छन् ।

प्रिमियर लिगमा सिटीले एस्टन भिल्लालाई ३–० ले पराजित गर्दा अर्को खेलमा चेल्सीले बर्नलीलाई ४–२ ले हरायो । लिभरपुलसँग अंक दुरी घटाउने क्रममा सिटीले सबै तीन गोल दोस्रो हाफमा संभव बनायो । पहिलो हाफमा एस्टन भिल्लाले कडा चुनौती दिएपनि दोस्रो हाफमा भने सिटीलाई रोक्न असफल भयो । सिटीको जितमा रहिम स्ट्रलिङ, गुन्डोगान र फर्नान्डिनोले गोल गरेका थिए । सिटी जितसँगै अंक तालिकामा १० खेलबाट २२ अंक जोड्न सफल भएको छ । एक खेल कम खेलेको लिभरपुलको २५ अंक रहेको छ । बर्नलीको मैदानमा चेल्सीलाई जित दिलाउन क्रिस्टियन पुलिसिचले ह्याट्रिक गरे । यस्तै विलियमले एक गोल थपे ।

घरेलु टिम बर्नलीका जय रोड्रीगेज र म्याकनिलले एक एक गोल फर्काएपनि टिमको हार टार्न पर्याप्त रहेन् । खेलको २१ औं मिनेटमा पुलिसिचले टिमका लागि पहिलो गोल गरेका थिए । ४५ औं पुलिसिचले ब्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरे । ५६ औं मिनेटमा पुलिसिचले ह्याट्रिक पुरा गर्दा खेलमा चेल्सीले स्पष्ट रुपमा ३–० को अग्रता बनायो । चेल्सीले अग्रता फराकिलो बनाउने क्रममा ५८ औं मिनेटमा विलियनले गोल गरेका थिए । ४ गोल गरेपछि उत्साही बनेको चेल्सी विरुद्ध ८६ औं मिनेटमा रोड्रीगेजले गोल गर्दै बर्नलीको गोल अन्तर कम गरेका थिए । ८९ औं मिनेटमा म्याकनिलले थप एक गोल फर्काएपनि टिमको हार टार्नका लागि भने पर्याप्त भएन् । जितसँगै चेल्सी लिग अंक तालिकामा चौंथो स्थानमा उक्लिएको छ । चेल्सीले १० खेलमा २० अंक भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here