चितवन मेडिकल कलेजमा भएको घटनाप्रति नेपाल चिकित्सक संघको आपत्ति


४ कार्तिक २०७६, सोमबार १३:१७ मा प्रकाशित

चितवन । आइतबार चितवन मेडिकल कलेजमा भएको घटनाप्रति नेपाल चिकित्सक संघ (एनएमए)ले आपत्ति जनाएको छ।

उपचारकोक्रममा मृत्युको घटनालाई अतिरञ्जित गरेर हातपात, अस्पताल तोडफोड गर्नु अमानवीय अपराधिक गतिविधि भएको एनएमएले बताएको छ । अस्पतालको शान्तिपूर्ण वातारणमा उपचार गर्ने वातावरण नै खलल पुर्याएकोप्रति घोर भत्र्सना गरेको एनएमएले प्रेस विज्ञप्तिमार्फत् बताएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आपराधिक समूहले लखेटेर शारीरीक हातपात गर्ने, तोडफोड गर्नुले चिकित्सकबाट सेवा प्रवाह गर्ने वातावरण नै नभएको जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै यस्तो घटनाले निम्तिएको कुनैपनि परिस्थितिप्रति चिकित्सक तथा स्वास्थ्यकर्मी जिम्मेवार नहुने एनएमको दाबी छ । चितवनमा रहेका सम्पूर्ण चिकित्सकलाई उक्त अपराधिक क्रियाकलापको सशक्त विरोध गर्न एनएमले विज्ञप्तिमार्फत् अपिल गरेको छ । अपराधिक क्रियापकलामा संलग्न भएका व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाही गर्न एनएमएले जोडदार माग राखेको छ ।

ती व्यक्तिलाई कारवाही नभए स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाका निम्ती देशभर आन्दोलका कार्यक्रमहरु घोषणा गरिने एनएमएको चेतावनी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here