बौद्धबाट नक्कली नोट छाप्ने मेसिनसहित ३ जना पक्राउ


४ कार्तिक २०७६, सोमबार ११:३० मा प्रकाशित

काठमाडौं । बौद्धको नयाँवस्तीबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा पुगेको प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको छ । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले भने, ‘नोटसहित ३ जना पक्राउ परेका छन् ।’

पक्राउ पर्नेको परिचय भने प्रहरीले खुलाएको छैन । बोगटीका अनुसार, नोट छाप्ने मेसिनसमेत उनीहरूको साथबाट बरामद भएको छ । यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here