चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेजमा तोडफोड


३ कार्तिक २०७६, आईतवार १८:५० मा प्रकाशित

चितवन । चिकित्सकको लापरवाहीले उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले आइतबार साँझ चितवन मेडिकल कलेजमा प्रदर्शन तथा तोडफोड गरेका छन् ।

गत, असोज २६ गते नाकको उपचारका लागी ल्याइएकी नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका वर्डा नम्बर ९ बस्ने वर्ष ३२ की आशा ज्ञावालीको चिकित्सकको लापरबाहीका कारण (हिजो) शनिबार मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले चितवन मेडिकल कलेजमा तोडफोड गरेका हुन् । तोडफोडबाट अस्पताल परिसरमा क्षति पुगेको छ । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले ४० राउण्ड भन्दा बढी अश्रुग्याँस प्रहार गरेको थियो भने, प्रहरी र प्रर्दशनकारी बिच ढुगां हानाहान समेत भएको थियो ।

तोडफोडमा संलग्न रहेको आशंकामा आधा दर्जन भन्दा बढीलाई नियन्त्रणमा लिएको छ । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गर्दा अस्पताल परिसर भित्रका बिरामी तथा आफन्तहरु समेत प्रभावित बनेका थिए । अस्पतालमा के र कति क्षति भयो भन्ने बारेमा विवरण संकलन गर्ने कार्य भईरहेको अस्पताल प्रशासनले जनाएको छ ।

यता, उपचारका क्रममा निधन भएकी भनिएकी ज्ञवालीको उपचारमा अस्पताल प्रशासनको तर्फबाट कुनै कमजोरी नभएको र उनलाई बचाउन सक्दो प्रयास गरेपनि अन्तः बचाउन नसकिएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए । अस्पतालमा तनाव भएपछि मृतक ज्ञवालीको शवलाई अहिले भरतपुरस्थित सरकारी अस्पतालमा पठाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here