सिन्धुपाल्चोक । लामोसाघु जिरी सडक सुधार आयोजनामा कार्यरत एक जना कामदारको हत्या भएको छ ।
सडकखण्डमा कर्यरत जेसिभी चालक बाह्वबिसे नगरपालिका ३ का जीवन थापाको भएको अवस्था शव फेला परेको सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिए । हत्या गरेर मल खाडीमा गाडेको अवस्थामा शव फेला परेको उनको भनाइ छ । लामोसाघु जिरी सडक खण्डको ४ किलोमा उनको शव फेला परेको प्रहरीले जनायो । प्रहरी घटना स्थलमा पुगेको छ ।
प्रहरीले घटनास्थल र शंकास्पद व्यक्तिलाई निगरानीमा राखेर अनुसन्धान अगाडि बढाएको छ । केही दिनपहिले पनि सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालधाप गाउँपालिकामा एक जनाको हत्या भएको थियो । सो हत्यामा संलग्न अझै पत्ता लगाउन सकेको छैन । प्रहरीले अनुसन्धान भैरहेको बताउदै आएको छ ।





