काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले २०६४ सालको रौतहट घटनाको फाइल झिकाएको छ ।
रौतहट क्षेत्र नं। २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलममाथिको अभियोग र आयोगले गरेको अध्ययन प्रतिवेदनको फाइल झिकाएको हो । आयोगले १२ वर्षसम्म पनि प्रतिवेदन सार्वजनिक नगरेको भन्दै आलोचना भएपछि अध्यक्ष अनुपराज शर्माले फाइल झिकाएका हुन् । २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा प्रहरीले आलमलाई गत आइतबार नियन्त्रणमा लिएको थियो ।
२०६४ को संविधान सभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा सरुअठाका २४ वर्षका त्रिलोक प्रताप सिंह र २२ वर्षका ओसी अख्तरको मृत्यु भएको थियो ।





