हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई किरिया खर्च हस्तान्तरण


२ कार्तिक २०७६, शनिबार १३:४५ मा प्रकाशित

कञ्चनपुर । जंगली हात्तीले आक्रमण गर्दा मृत्यु भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ गणेशपुरका ६५ बर्षिय बलदेव बोहराका परिवारलाई आज किरिया खर्च वाफतको रकम हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका तर्फ बाट रु ५० हजार र नगरपालिकाका तर्फ बाट रु २५ हजार गरी रु ७५ हजार रकम हस्तान्तरण गरिएको हो । सुदूरपश्चिम प्रदेश सभाका सदस्य लाल बहादुर खडका, नगर प्रमुख दिल बहादुर ऐर, प्रमुख जिल्ला अधिकारी शुसिल बैद्य, प्रहरी उपरिक्षक दिनेश आर्चायको उस्थीतिमा रकम हस्तान्तरण गरिएको छ । गत असोज २९ गते साईकलमा कृष्णपुर नगरपालिकाको वाणी तर्फ जादै गरेका बेला हात्तीले आक्रमण गर्दा बोहराको घटना स्थलमै मृत्यु भएको थियो ।

अर्का सोही ठाउका नारायण सार्कीले भने भागेर ज्यान जोगाएका थिए । रकम हस्तान्तरणमा सहभागीहरुले सरकारको तर्फ बाट पाईने राहत रकमका लागि चाडैं पहल गर्ने प्रतिवद्धत समेत गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here