एनआरएनएमा राजनीति भयो, अबदेखि नेपालमा अधिवेशन गर्दैनौं: अध्यक्ष पन्त


१ कार्तिक २०७६, शुक्रबार १६:३० मा प्रकाशित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले संस्थामा अनावश्यक राजनीति भएको बताएका छन् ।

काठमाडौंमा भएको नवौं सम्मेलनबाट प्रत्यासी कुल आचार्यलाई एक सय ४७ मतान्तरले पराजित गरी शुक्रबार बिजयी भएपछि अध्यक्ष पन्तले होटलका कोठा-कोठामा नेताहरू आएर संस्थालाई राजनीतिकरण गर्न खोजेको बताए । ‘संस्थामा अनावश्यक राजनीतिकरण गर्न खोजियो । सम्मेलनका बेला होटलका कोठा-कोठामा नेताहरू ल्याएर छलफल पनि भए। हामी संस्थालाई राजनीतिकरण गर्न चाहनौं,’ बिजयी भएपछि पत्रकारहरूसँग होटल हायातमा छोटो प्रतिक्रिया दिएका पन्तले भने, ‘अबदेखि नेपाल (काठमाडौंमा) अधिवेशन गर्दैनौं ।

अनलाइन भोटिङ गर्छौं, एनआरएनएका प्रतिनिधिले होइन साधारण सदस्यहरूले नै भोट गर्न पाउने व्यवस्था मिलाउँछौं ।’ उनले श्रमिक कल्याणकारी कोषको रकम वृद्धि गरिने जानकारी दिए। दक्ष कामदार उत्पादनका लागि सहयोग गर्ने बताए । ‘नेपाल अदक्ष कामदार पठाउने देशको रूपमा लिइन्छ। अब हामी दक्ष कामदार तयार गर्न सघाउँछौं,’ अध्यक्ष पन्तले भने । नेपालमा लगानी भित्र्याउन संयुक्त लगानीको खाँचो रहेको पन्तले औंल्याएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here