काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयहरूको उपकुलपतिसहित पदाधिकारी नियुक्तिमा भागबन्डा नहुने बताएका छन् ।
शुक्रबार नेपाल पब्लिक क्याम्पस संघको एघारौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयमा अबदेखि राजनीतिक भागबन्डा नहुने बताए ।
‘विश्वविद्यालय सुधारको प्रक्रियालाई सहयोग पुग्ने गरी नेतृत्व प्रस्ताव गरिनेछ,’ उनले भने, ‘२०६२/०६३ देखि भागबन्डाको आधारमा पदाधिकारी छनौट गर्ने चलन रह्यो । अब त्यो चलन अडाडि बढाउन सकिन्न ।’





