काठमाडौं । केही समुदायले सम्बन्धित निकायबाट पूर्व स्वीकृत नलिई भेला–बैठकको आयोजना गर्ने, चन्दा–रकम संकलन गर्ने जस्ता कार्यहरु गरेको भन्दै कतार सरकारले त्यहाँस्थित नेपाली राजदुतावासलाई पत्र पठाएको छ ।
वैदेशिक रोजगारीको लागि कतार गएका कामदारहरुले पूर्व स्वीकृत नलिई स्थानीय कानुन र प्रचलन प्रतिकुल हुनेगरी यस्ता कार्य गरेकोले कतार सरकारको ध्यानाकर्षण भएको लिखित जानकारी गराएको हो ।
आफ्ना नागरीकहरुलाई सम्बन्धित निकायबाट स्वीकृत नलिई राजनैतिक, सामाजिक र धार्मिक गतिविधी नगर्नरनगराउन सम्बन्धित मुलुकको कुटनीतिक नियोगमार्फत निर्देशन गर्न कतार सरकारले अनुरोध गरेको छ ।





