दशैँमा ८ दिनसम्मका लागि सार्वजनिक गाडी जहाँ पनि चल्न सक्ने


८ आश्विन २०७६, बुधबार १०:४१ मा प्रकाशित

काठमाडौँ । दशैँको अवसरमा ८ दिनसम्मका लागि सार्वजनिक गाडीको इजाजतपत्र अर्थात् रुट परमिट खुला भएको छ ।

यातायात व्यवस्था विभागले असोज १२ गतदेखि १९ गतेसम्मका लागि इजाजतपत्र खुला गरेको हो । यो अवधिमा सार्वजनिक गाडी रुट परमिटबिना नै देशभर जहाँसुकै पनि चल्न सक्नेछन् । दशैँ, तिहार र छठका लागि काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन इजाजतपत्र खुला गरिएको विभागले जनाएको छ ।

विभागले १२ गतेदेखि १९ गतेसम्म सामान बोकेर नारायणगढको बाटो हुँदै काठमाडौँ भित्रिने ठूला गाडी सञ्चालनमा रोक समेत लगाएको छ । अरु गाडीको आवागमनमा समस्या हुने भएकाले ‘मल्टि एक्सल ट्रयाक्टर ट्रेलर’लाई नारायणघाटबाट काठमाडौँ आउन रोक लगाइएको विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here