सुर्योदय टेलिभिजनका समाचार संयोजक योञ्जन सम्मानित


७ आश्विन २०७६, मंगलवार २२:०७ मा प्रकाशित

झापा । सुर्योदय टेलिभिजनका समाचार संयोजक तिलक योञ्जन सम्मानित भएका छन् ।

झापाको अर्जुनधारा नगरपालिका–२ मा रहेको शान्ति सामुदायिक वन उपभोक्त्ता समूहले आफ्नो २१औं साधारण सभाको अवसर पारेर मंगलबार पत्रकार योञ्जनलाई सम्मान गरेको हो । सामाजिक तथा संचारको क्षेत्रमा महत्वपूर्ण योग्दान पुर्याएको भन्दै योञ्जनलाई दोसल्ला उढाएर नगद सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।

उनलाई कार्यक्रमका प्रमुख अतिथी अर्जुनधारा नगर प्रमुख हरिकुमार राना र विशिष्ट अतिथी डिभिजन वन कार्यालय झापाका अधिकृत विष्णुलाल घिमिरेले सम्मान प्रदान गरेका हुन् । वि.सं. २०७३ साल साउन महिनाबाट झापाको विर्तामोडमा प्रधान कार्यालय रहेको सूर्योदय टेलिभिजनमा समाचार वाचकको रुपमा कार्यरत योञ्जन गत साउनबाट टेलिभिजनको समाचार संयोजकको जिम्मेवारी सम्हाली रहेका छन् ।

कार्यक्रममा संचारको माध्यमबाट सामाजिक क्षेत्रमा टेवा पुर्याएको भन्दै सामुदायिक वनको उपभोक्त छेत्रभित्र रहेको रेडियो ए वान एफ एमका प्रबन्ध निर्देशक हरि विक्रम दुतपाउ कुमाललाई पनि नगद सहित सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here