सरकारलाई संयोजक दाहालको चेतावनी–संख्याको दम्भमा विधि मिच्ने काम नहोस्


२९ बैशाख २०८३, मंगलवार १५:५१ मा प्रकाशित

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सरकारले विधि, लोकतान्त्रिक मूल्य र संसदीय प्रक्रियाको उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ । 
प्रतिनिधि सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संख्याको दम्भमा विधि मिच्ने काम भइरहेको भन्दै जनताको विश्वासलाई विधि सुदृढीकरणतर्फ प्रयोग गर्न सरकारलाई आग्रह गर्नुभयो । दाहालले सरकारले संसद स्थगित गरेर जनप्रतिनिधिलाई छल्दै अध्यादेशमार्फत शासन चलाउने प्रयास गरेको भन्दै त्यस्तो कार्य स्वीकार्य नहुने बताउनुभयो । उहाँले सरकारमाथि आलोचना गर्नेहरूमाथि धरपकड र गिरफ्तारी गर्दै प्रतिशोध साँध्ने काम गरिएको भन्दै आपत्ति जनाउनु भयो । 

उहाँले पुराना दल सबै गलत भन्दै आएको सरकार स्वयं स्वेच्छाचारिता र संसद् छल्ने अभ्यासमा लागेको उहाँको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here