जापान अध्ययनको बढ्दो आकर्षणसँगै बिर्तामोडमा ‘डेस्टिनी करियर एजुकेशन’को शाखा आजबाट सञ्चालनमा


५ चैत्र २०८२, बिहीबार १७:४९ मा प्रकाशित

बिर्तामोड । झापाबाट जापान अध्ययन तथा रोजगारीका लागि जाने विद्यार्थीको संख्या उल्लेख्य रूपमा बढ्दै गएपछि काठमाडौँमा मुख्य कार्यालय रहेको डेस्टिनी करियर एजुकेशन प्रा.लि. ले बिर्तामोडमा आफ्नो पहिलो शाखा विस्तार गरेको छ।

काठमाडौँको सामाखुशीमा केन्द्रिय कार्यालय रहेको उक्त कन्सल्टेन्सीले स्थापना भएको तीन वर्षमै १५० जना विद्यार्थीलाई अध्ययनका लागि जापान पठाइसकेको जनाएको छ। सञ्चालक सुजन श्रेष्ठका अनुसार कन्सल्टेन्सीमार्फत गएका सबै विद्यार्थीहरूसँग निरन्तर सम्पर्कमा रही १०० प्रतिशत सफल नतिजा हासिल गरिएको दाबी गरिएको छ।

जापानमा रहेका आफ्नै व्यवसायिक सञ्जाललाई उपयोग गर्दै कन्सल्टेन्सीले विभिन्न शहरहरूमा रेष्टुरेन्ट सञ्चालन गरिरहेको छ। त्यहाँ अध्ययनका लागि जाने विद्यार्थीहरूलाई आंशिक रोजगारीको अवसरसमेत उपलब्ध गराइने व्यवस्था रहेको बताइएको छ। साथै, टोकियो, नागोया र फुजीमा थप रेष्टुरेन्ट विस्तार गर्ने तयारीसमेत भइरहेको छ।

बिर्तामोड शाखा प्रमुख प्रकाश बानियाँका अनुसार चैत १५ गतेदेखि दक्ष प्रशिक्षकमार्फत कक्षा सञ्चालन सुरु गरिनेछ। यसका लागि विद्यार्थीहरूको नाम दर्ता प्रक्रिया समेत सुरु भइसकेको छ।

शाखा उद्घाटन कार्यक्रममा कम्पनीका सल्लाहकार रोशन अधिकारी, सञ्चालकहरू श्रीकृष्ण श्रेष्ठ र सुशील डंगोलको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन बिर्तामोड शाखा सञ्चालक तिलक योञ्जनले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here