कुवेतभर हवाई आक्रमणको साइरन बजेको छ । कुवेतस्थित अमेरिकी दुतावास नजिकैको क्षेत्रबाट धुवाँ उडिरहेको देखिएको बताइएको छ ।
स्थानीय सञ्चारमाध्यमकाअनुसार धुवाँको कारणबारे तत्काल कुनै विवरण प्राप्त भएको छैन र अधिकारीहरूले अहिलेसम्म आधिकारिक वक्तव्य जारी गरेका छैनन् । यसैबीच दुतावासले सामाजिक सञ्जालमा पोस्ट गरेको एक विज्ञप्तिमा कुवेतमाथि क्षेप्यास्त्र र मानवरहित हवाई सवारी साधन (ड्रोन) आक्रमणको निरन्तर खतरा रहेको चेतावनी दिँदै अमेरिकी नागरिकहरूलाई दुतावास नजिक नजान आग्रह गरेको छ ।
दुतावासले कुवेतमा रहेका अमेरिकी नागरिकहरूलाई सुरक्षित स्थानमै रहन, आक्रमण भएको खण्डमा सुरक्षा योजनाहरूको समीक्षा गर्न र सम्भावित भविष्यका आक्रमणहरूका लागि सतर्क रहन पनि आग्रह गरेको छ । दुतावासका कर्मचारीहरू पनि सुरक्षित स्थानमै बसिरहेको विज्ञप्तिमा थपिएको छ ।






