मिचिएको भूमि फिर्ता र नयाँ नक्शाः राष्ट्रिय स्वाभिमानको नयाँ उचाईः ओली


१८ फाल्गुन २०८२, सोमबार १२:३० मा प्रकाशित


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले नेपालको राष्ट्रिय स्वाभिमानलाई विश्वस्तरमा माथि उठाएको बताउनुभएको छ । 


उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा जारी गर्नुलाई ऐतिहासिक उपलब्धि भएको बताउनु भयो । उहाँले पहिले आफ्नो भूमि दाबी गर्ने आधार समेत नभएकोमा अहिले नक्शामा राखेर बलियो दाबी प्रश्तुत गरिएको बताउनु भयो ।

यसका साथै उहाँले उत्तरतर्फ चीनसँगका नाकाहरू खोलेर समुन्द्रसम्मको पहुँच सुनिश्चित गरेको र नेपाल अब ‘ल्यान्ड–लक्ड’ बाट ‘ल्यान्ड–लिङ्क्ड’ देश बनेको बताउनु भयो । विश्वसँग जोडिने र समुन्द्रसम्म पुग्ने बाटो चीनतिरबाट पनि खुलेको उहाँको भनाइ छ ।

ओलीले राष्ट्रियताको सवालमा एमालेले कहिल्यै सम्झौता नगर्ने र देशको एक इन्च भूमि पनि नछोड्ने प्रतिवद्धता दोहो¥याउनु भयो । उहाँले अन्तर्राष्ट्रिय जगत्मा नेपालको आवाज सुनिने गरी आफूले काम गरेको र देशको स्वाभिमान बढेको दाबी गर्नुभयो । 

आफ्नो कार्यकालमा भएका भौतिक पूर्वाधारका कामहरूको चर्चा गर्दै अध्यक्ष ओलीले नेपाललाई आधुनिक युगमा प्रवेश गराएको दाबी गर्नुभयो । उहाँले मेची–महाकाली राजमार्ग चौडा गर्ने कार्य, हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गको शुरुवात आफ्नै पहलमा भएको बताउनु भयो । उहाँले दमकमा पहिले चापाकल मात्र भएको ठाउँमा अहिले घरघरमा खानेपानी पुगेको र सञ्चार क्षेत्रमा नेपाल विश्वको स्तरमा पुगेको उल्लेख गर्नुभयो । 

सुरुङ मार्ग, रेल मार्ग र भूकम्पपछिको पुनःनिर्माणमा साढे ८ लाख घर बनाएको तथ्य प्रश्तुत गर्दै उहाँले एमाले काम गर्ने पार्टी भएको र यसले देशको मुहार फेरेको दाबी गर्नुभयो । उहाँले एकैपटक ३९६ पालिकामा आधारभुत अस्पतालको शिलान्यास गरेको स्मरण गर्दै स्वास्थ्य क्षेत्रमा पनि ठूलो फड्को मारेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here