तराईका जिल्लामा ‘निर्वाचनमैत्री होली’ मनाइने, मतदानमा असर नपर्ने


१७ फाल्गुन २०८२, आईतवार १६:०३ मा प्रकाशित

काठमाडौं । तराईका जिल्लाहरूमा निर्वाचनको समयमा होली पर्व परे पनि यसले मतदान प्रक्रियामा कुनै नकारात्मक असर नपर्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ । 


आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मोरङ, रौतहट, बारा, पर्सा लगायतका तराईका जिल्लाहरूको भ्रमणपछि त्यहाँका मतदाताहरू ‘निर्वाचन मैत्री होली’ मनाउन तयार रहेको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार तराईका मतदाताहरू निर्वाचनप्रति सचेत र उत्साहित छन् । होलीको उल्लाससँगै निर्वाचनको महाकुम्भमा सहभागी हुन मतदाताहरू आतुर रहेको र यसले मतदानको वातावरणलाई अझ उल्लासमय बनाउने उहाँको विश्वास छ । 

पर्व र निर्वाचन दुवैलाई सँगसँगै सफल बनाउन तराईका नागरिकहरूले देखाएको प्रतिवद्धताको उहाँले प्रशंसा गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here