अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने


१४ पुष २०८२, सोमबार १६:३८ मा प्रकाशित

फिक्कल, ज्ञानु भट्टराई । अंग्रेजी नयाँ बर्ष सन २०२६ को अवसरमा पूर्वकै चर्चीत पर्यटकीय स्थल कन्याममा ‘सूर्योदय फुड एण्ड कल्चरल फेस्टिवल’ आयोजना गरिने भएको छ ।


पुष १५ देखि १९ गते (३० डिसेम्बर देखि ३ जनवरी) सम्म स्थानीय खाद्य परिकार र सांस्कृतिक कार्यक्रम सहित ४ दिन ‘सूर्योदय फुड एण्ड कल्चरल फेस्टिवल’ आयोजना गरिने भएको हो ।


पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरीएको फेस्टिवलमा २५ वटा स्थानीय रैथाने खाद्य परिकार , संस्कृति झलिक्ने र कोरियन कल्चरका स्टल रहने सूर्योदय नगरपालिकाका आर्किटेक इन्जिनियर श्रृजन गदालले जानकारी दिनु भयो ।


फेस्टिवलमा चिजका परिका मुख्य आर्कर्षको रुपमा राखीने भएको छ । स्थानीय स्तरमा उत्पादन भएका दुधका परिकार, तरुलका परिकार , कोदो , फापरका परिकार , वाचिपा र फूल नसरी आदि फेस्टिवलमा आर्कषणका रुपमा राखिने छ ।


कन्याम पर्यटन ब्यवसायी संघको मुख्य आयोजना तथा सूर्योदय नगरपालिका, हिमालयन चिज उत्पादक संघ, आदिबासी जनजाती समन्वय परिषद सूर्योदय नगर कमिटीको सहकार्य फेस्टिवलमा रहने छ ।


४ लाख बढी खर्च लाग्ने फेस्टिवल संचालनका लागि स्टल, स्टेज , स्वागत गेट आदि निर्माण गर्ने काम भैरहेको कन्याम पर्यटन ब्यवसायी संघका अध्यक्ष डिबि तामाङ ग्यावकले जानकारी दिनु भयो । फेस्टिवलमा स्वादेशी र छिमेकी देश भारतका र कोरियन पर्यटकको सहभागिता रहने छ । अग्रेजी नयाँ बर्षमा कन्याममा बर्षेनी स्वदेशी र भारतीय पर्यटकको भिड लाग्ने गरेको छ ।


सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले फेस्टिवलले स्थानीय स्तरकोपर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताउनु भयो । ‘छिमेकी देश भारतमा अग्रेजी नयाँ बर्ष मनाउदा धेरै भारतीय पर्यटक कन्याम आउने गरेकाले फेस्टिवल आयोजना गरिएको हो। नगर प्रमुख राईले भन्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here