एनइबीसी चर्चले क्रिसमस बिबिध कार्यक्रम गरी मनायो


१० पुष २०८२, बिहीबार २१:१० मा प्रकाशित

बिर्तामोड । झापाको बिर्तामोडको बिहानीटोलमा रहेको एनइबीसी चर्चले क्रिसमस बिबिध कार्यक्रम गरी मनाएको छ । एनइबीसी चर्चका अध्यक्ष पास्टर रनकुमार सेवाहाङको  अध्यक्षतामा भएको कार्यक्रममा  एल्डर मन खुदाङले स्वागत गरेका थिए ।

कार्यक्रममा बाइबल पाठ तथा प्रारम्भिक प्रार्थना एल्डर आमा जुनिता केरुङ , स्तुती प्रशंसा माया राई, परमेश्वरको बचन र अन्तिम प्रार्थना रेभ थाङमिनलुन माङ्तेले गरेका थिए भने त्यसको अनुवाद पुरन राईले गरेका थिए । पहिलो चरणको कार्यक्रमको सञ्चालन एनइबीसी चर्चका सचिव सुरजमणी राईले गरेका थिए ।

त्यस्तै दोस्रो चरणको कार्यक्रम पास्टर्नी आमा उर्मिला सेवाहाङको अध्यक्षता तथा रेभ थाङमिनलुन माङ्तेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सुरुको प्रार्थना पास्टर्नी आमा उर्मिला सेवाहाङले र बचन क्रिसमस सन्देश पास्टर्नी आमा चिङ माङ्तेले गरेका थिए ।

अन्तिम प्रार्थना एल्डर मन खुदाङले गरेको कार्यक्रममा प्रभु यशु सम्वन्धी विभिन्न गीत, नृत्य,  वालसंगतिको बेलुन फुटाउने खेल , अतिथि पाहुनाहरुको म्यूजिकल चियरलगायत प्रस्तुत गरिएको थियो।    कार्यक्रमको सञ्चालन  माया राई र साजन राईले गरेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here