प्रधानमन्त्रीको दिक्दारीः ‘निकै सकसका साथ काम गर्दैछौँ, कहीँ जाँदा सुख छैन’


१० पुष २०८२, बिहीबार १६:२४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफूहरु कहीँ जाँदा पनि सुख नहुने दिक्दारी अवस्थामा रहेको बताउनुभएको छ । 


बाह्रखरी मिडियाद्वारा बिहीवार काठमाडौंमा आयोजित उत्कृष्ट कथा घोषणा समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचन सम्पन्न गर्न सरकार सकसका साथ काम गरिरहेको बताउनु भयो ।

उहाँले केही युवाहरुले निर्वाचन किन गर्ने ? भनेर प्रश्न गर्ने गरेको उल्लेख गर्दै वैधानिकता र कानूनको कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको बताउनु भयो । उहाँले जेनी युवा पुस्ताहरुले पनि दुःख दिने गरेको गुनासो सुनाउनु भयो ।

३० वटा छुट्टै जेनजी समूहहरुले आ—आफ्नो मागहरु ल्याएर हैरानी दिने गरेको उहाँको गुनासो छ । उहाँले नेपाललाई थप राजनीतिक संकटतर्फ धकेलिन नदिन सतर्क हुनुपर्ने अवस्था रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here