पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू


४ पुष २०८२, शुक्रबार १५:२५ मा प्रकाशित


काठमाडौं । नवनिर्वाचित नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 


नवनिर्वाचित पार्टी केन्द्रिय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले पार्टीलाई एकताको भावनाका साथ नयाँ उचाईमा पु¥याउने दृढता समेत व्यक्त गर्नुभयो ।

उहाँले पार्टीमा केही समस्या देखिएको उल्लेख गर्दै आगामी दिनमा त्यस्ता खालको कुनैपनि कमजोरी हुन नदिने दाबी समेत गर्नुभयो । उहाँले नवनिर्वाचित केन्द्रिय समितिमा नेताहरुलाई एक स्वर भएर पार्टीको विधान महाधिवेशनले तय गरेका वैचारिक, संगठनात्मक र कार्यक्रमिक नीति अनुसार अघि बढ्न पनि सचेत गराउनु भयो ।

आर्मीले मार्च गरेजस्तो पार्टीका हरेक सदस्यहरुले एकस्वर, एकतालका साथ अघि बढनुपर्ने अध्यक्ष ओलीको भनाई थियो ।  

अध्यक्ष ओलीले टोलटोलमा सुरक्षा समिति बनाएर आम जनताको सुरक्षाको काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here