काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दिएको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
उहाँले आजको पारदर्शीता, सुशासन, भ्रटाचारमुक्त समाज, सरल सार्वजनिक सेवा, देशभित्रै रोजगारीका अवसरको मागसहित उठेको जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दिशा दिएको उल्लेख गर्नुभयो । उहाँले आधुनिक पूर्वाधारले मात्र राष्ट्रलाई प्रतिष्पर्धी बनाउने बताउनु भयो ।
पत्रकारिताले पूर्वाधार विकासमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न निगरानी भुमिका खेल्न सक्नुपर्ने बताउनु भयो । आजको समय डिजिटल युगको भएकाले समाचारको गति र पहुँच डिजिटल माध्यमले परिभाषित गर्ने अवस्था रहेको बताउनु भयो ।
गोरखापत्रले डिजिटल पत्रकारितामा अग्रसर भइ विश्वसनियता र तथ्यपरकता कायम राख्न सक्नुपर्ने बताउनु भयो । गोरखापत्र संस्थान पत्रकारिताको धरोहर मात्र होइन, नेपाली समाज, संस्कृति, इतिहास र परिवर्तनको जीवन्त दस्तबेज पनि भएको जिकिर गर्नुभयो ।
उपराष्ट्रपति यादवले पत्रकारिता नीति निर्माणमा जनताको आवाज पु¥याउने माध्यम बन्नसक्नुपर्ने बताउनु भयो ।






