झापामा हात्तीको आक्रमणबाट एक जनाको घटनास्थलमै मृत्यु


३ पुष २०८२, बिहीबार ०९:५५ मा प्रकाशित

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजन लामाका अनुसार आज बिहान अन्दाजी साढे ६ बजे मेचीनगर नगरपालिका ४ बाहुण्डाँगीस्थित खड्काडाँडा नजिकैको सडकमा हिँडिरहेका अन्दाजी ५०/५५ वर्षीय पुरुषलाई हात्तीले आक्रमण गरेको हो।

हात्तीले उनलाई सुँडले समातेर पछार्दा घटनास्थलमै मृत्यु भएको डीएसपी लामाले बताए । मृतकको पहिचान खुलि नसकेको उनको भनाई छ।

हात्तीसँग जम्काभेट भेट हुँदा पनि उनी भाग्न सकेनन्। मृतक बाहुण्डाँगी क्षेत्रमा मागी खाई हिँड्ने स्थानीयले बताए पनि उनको पहिचान नखुलिसकेको र उनी भारतीय नागरिक हुन सक्ने अनुमान गरिएको डीएसपी लामाको भनाई छ । यता शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइसकेको जनाइएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here