प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ


२३ मंसिर २०८२, सोमबार १८:१९ मा प्रकाशित

काठमाडौं । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले आफ्ना माग पूरा नभए जनविद्रोह हुने चेतावनी दिनुभएको छ । 


सोमवार साँझ सिंहदरबारमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उहाँले आफूहरुले राखेका माग पूरा नभए जनविद्रोह हुने र त्यो कसैले नसोचेको हुने चेतावनी दिनुभएको हो ।

उहाँले प्रधानमन्त्रीसँग आफ्ना मागहरु स्पष्ट रुपमा राखेको बताउनु हुँदै उहाँले आफ्ना माग नागरिकको जनजीविकासँग सम्बन्धित रहेको बताउनु भयो । प्रधानमन्त्री कार्कीले आफूहरुका मागबारे अध्ययन गरेर पुस २ गते निर्णय दिने बताउनुभएको पनि प्रसाईंले जानकारी दिनुभयो ।

२०६२—०६३ को जनआन्दोलनको म्याण्डेट भनेको संघीयता, धर्मनिरपेक्षता ल्याउने नरहेको भन्दै यसबारे जनमतसंग्रह गर्नुपर्ने माग राखेको बताउनु भयो । सरकारले तोकेको फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन समयमा नहुने पनि बताउनु भयो । 

संरक्षक प्रसाईंले किराँत, बौद्धसहितको हिन्दु अधिराज्य र राजसंस्थाका सन्दर्भमा र अहिलेको व्यवस्थाका सम्बन्धमा जनमत संग्रह गर्न आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here