काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
आईतवार संसद सेवा दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो प्रतिक्रिया दिनुभएको हो । आफूहरुले प्रतिनिधि सभा नभएपनि राष्ट्रिय सभालाई प्रभावकारी ढंगले अघि बढाउन सरकारलाई सुझाव दिएपनि सो अनुसार काम हुन नसकेको सभामुख घिमिरेको गुनासो थियो ।
उहाँले संसदका कर्मचारीहरुलाई प्रभावकारी ढंगले परिचालन गर्न आवश्यक कानुनलगायतका व्यवस्था गर्न संसद एकेडेमी आवश्यक रहेको समेत बताउनु भयो । सभामुख घिमिरेले देशको आवश्यकताअनुसार संसदलाई स्थापित गराउने काममा लाग्न पनि ढिलाई गर्न नहुने बताउनु भयो ।
सभामुख घिमिरेले संसद सचिवालयको पदाधिकारी नियुिक्तको विषयमा पनि गम्भिर छलफल गरेर अघि बढ्नुपर्ने अवस्था रहेको बताउनु भयो ।






