झापामा एक महिने निःशुल्क कुक तालिम सम्पन्न


२१ मंसिर २०८२, शनिबार २०:५० मा प्रकाशित

झापा । होटल व्यवसाय सङ्घ झापाको आयोजना तथा नेपाल पर्यटन बोर्ड (NTB) र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को सहयोगमा सञ्चालन भएको एक महिने निःशुल्क कुक तालिम शनिबार सफलतापूर्वक सम्पन्न भएको छ ।

समापन कार्यक्रमको अध्यक्षता होटल व्यवसाय सङ्घ झापाका अध्यक्ष इन्दिरा श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका–४ का वडा अध्यक्ष राहुल शर्मा रहनुभएको थियो ।

तालिममा सहभागी प्रशिक्षर्थीहरुलार्ई आधुनिक खाना पकाउने सीप, परिकार निर्माण, किचन व्यवस्थापन, सरसफाइ तथा होटल–रेष्टुरेन्ट सेवासम्बन्धी व्यावहारिक दक्षता प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।

उक्त एक महिने तालिममा प्रशिक्षक राजेश सुवेदी र सरस्वती बानियाले प्रशिक्षार्थीहरूलाई सहजीकरण गर्नुभएको थियो । समापन समारोहमा अध्यक्ष इन्दिरा श्रेष्ठले प्रशिक्षार्थीहरूलाई आफूले सिकेको सीप खेर नजाने गरी काममा प्रयोग गर्न आग्रह गर्दै रोजगार तथा स्वरोजगारका अवसरहरूमा सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रमुख अतिथि राहुल शर्माले यस्ता सीपमूलक तालिमहरूले युवालाई आत्मनिर्भर र व्यावसायिक बनाउने उल्लेख गर्दै पर्यटन क्षेत्रको गुणस्तरीय विकासमा यसको योगदान रहने धारणा व्यक्त गर्नुभयो ।

समापन कार्यक्रममा उक्त निःशुल्क तालिममा सहभागी २५ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा नेपाल पर्यटन बार्डका परियोजना प्रवन्धक धर्मराज दवाडी, विभिन्न संघ संस्थाका प्रतिनिधि, व्यवसायी, प्रशिक्षर्थी लगायत सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो । उकत कार्यक्रमको सञ्चालन होटल व्यवसाय सङ्घ झापाका महासचिव शिव पौडेलले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here