उपत्यकाका नदी सफा गर्न धेरै प्रशोधन प्लान्ट बनाउने योजनामा छौँः शहरी विकासमन्त्री घिसिङ


२१ मंसिर २०८२, शनिबार १५:१६ मा प्रकाशित


काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङ कुलमान घिसिङले काठमाडौ उपत्यकाभित्रका नदीहरुलाई सफा गर्न धेरै फोहोर पानी प्रशोधन प्लान्ट बनाउने तयारी गरिररहेको बताउनुभएको छ । 
थापाथलिस्थित वागमती करिडोरमा निर्माणाधिन फोहोर पानी प्रशोधन प्लान्टको शनिवार निरीक्षण गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले वागमती, विष्णुमती, धोबीखोला लगायतका नदीहरुलाई सफा गर्नको लागि धेरै प्रशोधन प्लान्ट आवश्यक पर्ने बताउनु भयो । सबै नदी सफा गर्नको लागि प्रतिदिन ६ सय एमएलडीको प्लान्ट चाहिने उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार हाल उपत्यकामा निर्माणधिन प्लान्टहरु यसको २० प्रतिशत मात्रै भएको बताउनु भयो । उहाँले वागमती नदी सफा गर्नको लागि गुह्येश्वरीमा प्लान्ट बनेको र अन्य केही ठाउँहरुमा पनि बन्ने क्रममा रहेको जानकारी दिनुभयो ।

थापाथली करिडोरमा बनेको प्लान्टले टुकुचाको ढललाई सफा गरेर पानीलाई वागमतीमा फाल्ने उहाँको भनाई छ । उहाँले एडिबीको ३ अर्ब १८ करोड लगानीमा प्लान्ट निर्माणको काम भइरहेको जानकारी दिनुभयो । प्लान्ट निर्माणमा केही ढिलाई भएको उहाँले स्वीकार गर्नुभयो । रुख कटानीमा ढिलाई र लालितपुरतर्फ पर्ने भूभागमा स्थानियको विरोधले काम रोकिँदा ओभरल प्राजेक्टमा नै केही ढिलाई हुने देखिएको उहाँको भनाई छ ।

विवाद समाधान गर्न आवश्यक छलफल गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले काठमाडौंतिर बन्ने संरचनाहरु भने करिब डेढ वर्षभित्र सम्पन्न हुने बताउनु भयो । प्लान्टको संरचना काठमाडौ महानगर र ललितपुरमहानगरमा बन्न लागेको छ । 

उहाँले हरेक परियोजनामा रुख कटाईमा समस्या हुने गरेको बताउनु भयो । सहजै रुख काट्न नपाइने कारण विकास निर्माणका काममा ढिलाई हुने उहाँको भनाई छ । उहाँले नदीहरुका ढल प्रशोधनका लागि सरकारले काम गरिरहेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here