काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका वागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।
बुधवार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको नीजि निवासमा आयोजित अनौपचारिक कार्यक्रममा उहाँ एमालेमा प्रवेश गर्नुभएको हो । अध्यक्ष ओलीले उहाँलाई खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो । उहाँले अशोक राई नेतृत्वको जसपामा समेत टुक्रा टुक्रामा विभाजित भएको कारण पार्टी परित्याग गरेर एमालेमा आएको जिकिर गर्नुभयो ।
उहाँले मुलुकलाई स्थिर राजनीतिक अवस्थाको खाचो रहेको उल्लेख गर्दै मुलुकलाई एमालेले मात्र स्थिरता दिनसक्ने दाबी समेत गर्नुभयो । उहाँले जसपा विभाजित भएपछि पार्टी परित्याग गर्नुपरेको बताउनु भयो ।






