विराटनगर, मंसिर ०३ । झापा र सुनसरीको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ५ जनालाई मंसिर २ गते प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर, झापाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले हल्दिबारी गाउँपालिका-३ का धन बहादुर बन र हल्दिबारी-२ का राम मर्डीलाई ३ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।
यसैगरी बिर्तामोड बसपार्क स्थितमा खटिएको प्रहरी टोलीले १ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित बिर्तामोड-५ का आदेश दर्जिलाई नियन्त्रणमा लिएको हो भने कमल गाउँपालिका-३ का दिलिप कुमार भुजेललाई ८ ग्राम ३ सय ७० मिलिग्राम ब्राउन सुगर सहित जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको हो ।
यसका साथै जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी- २० का गोबिन्द तामाङलाई ८ ग्राम ८९ मिलिग्राम ब्राउसुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।






