मकवानपुरमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु


१ मंसिर २०८२, आईतवार १७:२८ मा प्रकाशित


मकवानपुरको भीमफेदी गाउँपालिका–१, बुङदलस्थित भित्री सडकखण्डमा गतराती मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ । 


बा प्र ०३–००५ प ७९८० नम्बरको मोटरसाइकल बुङदल खोलाको पुलमाथिबाट करिव ५० फिट तल खसेपछि घटनास्थलमै दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले बताउनु भयो ।

प्रहरीकाअनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक ३९ वर्षीय वीरबहादुर गुरुङ, स्थायी घर हेटौँडा उपमहानगरपालिका–२ चौकीटोल रहेको र पछाडि सवार ३५ वर्षीय चन्द्रबहादुर गुरुङ, स्थायी घर पूर्वी नवलपरासी, कावासोति नगरपालिका–१३, हाल हेटौडा–२ चौकीटोलमा डेरागरी बस्दै आएको प्रहरीले जनाएको छ । दुवैजनाको सनाखत मृतकहरुको श्रीमतीले गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here