मधेस मुख्यमन्त्रीमा एमाले नेता यादव नियुक्त


२५ कार्तिक २०८२, सोमबार १०:२४ मा प्रकाशित


मधेस प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले सांसद सरोजकुमार यादव नियुक्त भएका छन् । 


सोमवार बिहानै मधेसमा नेकपा एमालेले नयाँ गेम गर्न सफल भएको हो ।  बिहान चार बजे कामचलाउ मुख्यमन्त्री जितेन्द्र सोनललाई आफू विरामी परेको र श्वास र्फेन गा¥हो भइरहेको भन्दै काठमाडौंको लागि हिँड्नुभएकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरी र सिन्धुलीको सीमाना जंगलमा रहेको पानस कटेजमा एमाले दलका नेता सरोजकुमार यादवलाई नयाँ मुख्यमन्त्री चयन गर्नुभएको हो ।

प्रदेशको सबैभन्दा ठूलो दलको हैसियतमा संविधानको धारा १ सय ६८ को उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको बताइएको छ । एमाले बाहेकका सात दलले शनिवार मुख्यमन्त्री जितेन्द्र सोनलको राजिनामा पछि धारा १ सय ६८ को २ अनुसार नै नयाँ सरकार बन्नुपर्ने भन्दै माग र प्रदर्शन गरिरहेका थिए ।

सोनलले विश्वासको मत सामना गर्नुपूर्व नै राजिनामा दिएकाले १ सय ६८ को ३ सक्रिय नहुने अन्य दलहरुको दाबी थियो । एमालेको यस नयाँ गेममा रिजवान अन्सारीको नेपाल समाजवाद पार्टी र राप्रपाको पनि साथ छ ।

समाजवादी पार्टीबाट विमला अन्सारी, राप्रपाबाट कञ्चन विच्छा र एमालेबाट लखन दास विना विभागीय मन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख भण्डारी एमाले कोटाबाट प्रदेश प्रमुख बन्नुभएको हो । बिहान चार बजे कामचलाउ मुख्यमन्त्री सोनललाई बोलाएर आफू दमको विरामी रहेको र श्वासप्रश्वासमा कठिनाइ भइरहेको बताउँदै प्रदेश प्रमुख बाहिरिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here