जेनजी आन्दोलनमा ईप्रका बिर्तामोड तोडफोड र आगजनी गर्ने दुई जना पक्राउ


२२ कार्तिक २०८२, शुक्रबार १८:४७ मा प्रकाशित

झापा : झापाको बिर्तामोड नगरपालिका–५ त्रिवेणीचोकबाट जेनजी आन्दोलनमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इप्रका अनारमनीबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो अर्जुनधारा नगरपालिका–६ बस्ने २२ वर्षीय पदम राई र उनकी श्रीमती २४ वर्षीया पुजा मगरलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार यी दुबै जना भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड र आगजनी गरेको घटनामा संलग्न रहेका थिए।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर हाल इप्रका अनारमनीमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ। इप्रका अनारमनीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here